Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

नेपाल साफ च्याम्पियनसिपको उप विजेता, भारत बन्यो च्याम्पियन


नेपाल साफ च्याम्पियन फुटबलको उप विजेता बनेको छ । शनिबार राती भएको खेलमा भारतलाई पराजित गर्न नसकेपछि नेपाल उप विजेतामा सिमित बनेको हो ।

माल्दिभ्समा भएको फाइनल खेलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित ग¥यो । पहिलो हाफमा भारतलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफको शुरुबाट भारतले नेपालमाथि गोलको वर्षा ग¥यो । दोस्रो हाफको शुरुमै एक मिनेटको अन्तरमा भारतले दुई गोल गरेको थियो ।

नेपालले ६ पटक भारतको गोलपोष्ट ताकेपनि कुनै पनि बल गोलमा परिणत हुन सकेन । दोस्रो गोल गरेको केही समयपछि भारतले अर्को गोल पनि ग¥यो । यो जितसँगै भारत आठौं पटक साफ च्याम्पियन बन्न सफल भएको छ भने नेपालले पहिलोपटक फाइनलमा पुगेर पनि च्याम्पिएन बन्ने अवसर गुमाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार