Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

दशैं विदा सकियो, काठमाडौं उपत्यकामा चहलपहल सुरु


Bhaktapur: Nepalese people arrive to board a vehicle to go back to their village, during lockdown to prevent the spread of the new coronavirus in Bhaktapur, near Kathmandu, Nepal, Tuesday, April 21, 2020. Thousands of villagers who have been stranded in Kathmandu for weeks since Nepal’s government imposed lockdown to stop spread of coronavirus boarded convoys of buses heading east of the capital Tuesday. AP/PTI (AP21-04-2020_000242B)

दशैं विदा सकिएसँगै विभिन्न जिल्लाबाट कर्मथलो संघीय राजधानी काठमाडौं फर्कनेहरुको संख्या बढेको छ । दशैंका अवसरमा फुलपातिदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक विदा थियो । सरकारी कार्यालयहरु पनि आजबाट खुल्दै छन् ।

दशैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशिर्वाद लिने क्रम भने जारी छ । टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ । यही मान्यताले टीका लगाउन आफन्त तथा मान्यजन कहाँ आउनेजानेको चहलपहल काठमाडौं उपत्यकामा बढेको छ ।

यस पटकको दशैंमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले सर्वसाधरणले राहत भएको महसुस बताएका छन् । सवारीको चहलपहल बढेपनि सडकमा जामको चाप भने अझै नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच, दशैं मनाउन आ-आफ्नो गाउँघर पुगेकाहरु फर्किने क्रम पनि शुरु भएको छ । दशैं मान्न पुर्खौली थातथलो पुगेकाहरु दशै विदा सकिएसँगै राजधानी फर्कन सुरु गरेका हुन् । काठमाडौको कोटेश्वर, कंलकी नाकाहरुमा दशै मानाएर राजधानी फर्कनेहरुको भिडभाड बढेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार