Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

समाजसेवी प्रदिप घिमिरेलाई मन्थली नगरपालिकाको सम्मान


रामेछापको मन्थली नगरपालिकाले समाजसेवी प्रदिप घिमिरे (अमूल्य) लाई सम्मान गरेको छ ।

मन्थली नगरपालिकाले ९ औँ स्थापना दिवसका अवसरमा समाजसेवी घिमिरेलाई सम्मान गरेको हो । उनलाई नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् ।

काठमाडौँका सडकपेटीमा जीवन बिताइरहेका गरीब, दुःखी तथा असहाय व्यक्तिहरुलाई कोरोनाको समयदेखि नै खाना खुवाउँदै आएका समाजसेवी घिमिरेलाई नगरपालिकाले सम्मान गरेको हो ।

मन्थली वडा नं. ४ का घिमिरेले गरेको कामको उच्च मुल्याङ्कन गर्दै नगरपालिकाले उनलाई सम्मान गरेको उपप्रमुख बस्नेतले जानकारी दिइन् । सम्मान ग्रहण गर्दै घिमिरेले आफ्नो यो जिवनको यात्रामा समाजसेवा गर्नबाट आफु पछि नहट्ने बताए । नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै उनले समाजका लागि आफु हरपल अघि सर्न तयार रहेको बताए ।

No description available.

विभिन्न क्षेत्रमा अनुभव बटुल्दै आएका घिमिरे अहिले समाजसेवा र साहित्यिक क्षेत्रमा अग्रसर रहेका छन् । समाजमा रहेका हरेक नेपाली जनताहरुलाई आफुले जसरी सेवा गर्न सकिनछ, त्यसरी नै सेवा गर्न उनले आग्रह समेत गरेका छन् । धर्म, कर्ममा विश्वास गर्ने र अलि भावुक भएका कारण आफुले कसैको पनि आखाँमा आँसु देख्न नसक्ने उनको भनाई छ ।

घिमिरे सक्रिय युवा समाजसेवी साथै एक कुशल लेखक पनि हुन् । उनले विभिन्न विषयमा कलम चलाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार