Logo
२०७९, २५ माघ बुधबार
|  Wed Feb 8 2023

गगनलाई सिध्याउन देउवाले ठूलो षड्यन्त्र गरेः खेमराज सेढाईँ (भिडियोसहित)


नेपाली कांग्रेसका पुराना नेता खेमराज सेढाईँले कांग्रेसका महामन्त्री गगन थापालाई सिध्याउन देउवाले ठूलो षड्यन्त्र गरेको बताएका छन् ।

बुधबार आजको प्रेस डटकमसँग कुरा गर्दै सेढाईँले थापालाई सिध्याउनका लागि देउवाले कांग्रेस संसदीय दलको निर्वाचनमा भित्री चलखेल गरेको बताएका हुन् ।

त्यस्तै निर्वाचनका क्रममा थापाको प्रस्तावक र समर्थक रहेका डा. शेखर कोइराला र विश्वप्रकाश शर्माले उनलाई भोट नहालेको सेढाईँको आरोप छ । बाहिरी रुपमा थापालाई समर्थन गरेपनि भित्री रुपमा कोइराला र शर्माले देउवालाई साथ दिएको उनले जिकिर गरे ।

अब गगन थापाले आफ्ना समर्थनमा रहेका सांसदहरुलाई साथमा लिई नयाँ पार्टी गठन गरेर अघि बढ्नुपर्ने उनको सल्लाह छ ।


प्रतिक्रिया दिनुहोस !
विचार