Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

कस्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त जारी, २२ जनाको मृत्यु


भारतको जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ। यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार मारिएकामा भारतीय सेनाका ९ जना छन्। मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको छ।

भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो। अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए। सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए।अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको बीबीसी हिन्दीले जनाएको छ।

यसबीच कस्मिरको कुलमागमा आइतबार गोली हानेर दुई जना गैरकस्मिरी नागरिकको हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आतंकवादीद्वारा उत्तर प्रदेशको सहरानपुरका सगिर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह मारिएका हुन्।

त्यसअघि शनिबार पनि आतंकवादीले दुई जना मजदुरको हत्या गरेका छन्। सर्वसाधारणको हत्याले कस्मिरका राजनीतिक दल आक्रोशित भएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार