Logo
२०८१, २९ कार्तिक बिहीबार
|  Thu Nov 14 2024

जाडोमा गरीबलाई न्यानो कपडा वितरण गर्दै समाजसेवी घिमिरे


काठमाडौँका सडकपेटीमा जीवन बिताइरहेका गरीब, दुःखी तथा असहाय व्यक्तिहरुलाई कोरोनाको समयदेखि नै खाना खुवाउँदै आएका समाजसेवी प्रदिप घिमिरेले आज जाडोका कपडाहरु वितरण गरेका छन् ।

चिसो सडकपेटीमा सुतेर आफ्नो गुजारा चलाइरहेका गरीब तथा असहायहरुलाई समाजसेवी घिमिरेले ज्याकेट, ट्राउजर, पञ्जा, मोजा, टोपी लगायतका जाडो यामका कपडाहरु वितरण गरेका हुन् ।

आफ्नो जिवनको यात्रामा समाजसेवा गर्नबाट आफु पछि नहट्ने बताए । नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद ज्ञापन गर्दै उनले समाजका लागि आफु हरपल अघि सर्न तयार रहेको उनको भनाइ छ ।


विभिन्न क्षेत्रमा अनुभव बटुल्दै आएका घिमिरे अहिले समाजसेवा र साहित्यिक क्षेत्रमा अग्रसर रहेका छन् । समाजमा रहेका हरेक नेपाली जनताहरुलाई आफुले जसरी सेवा गर्न सकिनछ, त्यसरी नै सेवा गर्न उनले आग्रह समेत गरेका छन् । धर्म, कर्ममा विश्वास गर्ने र अलि भावुक भएका कारण आफुले कसैको पनि आखाँमा आँसु देख्न नसक्ने उनले बताए ।

घिमिरे सक्रिय युवा समाजसेवी साथै एक कुशल लेखक पनि हुन् । उनले विभिन्न विषयमा कलम चलाउँदै आएका छन् ।

मन्थली वडा नं. ४ का घिमिरेले गरेको कामको उच्च मुल्याङ्कन गर्दै नगरपालिकाले उनलाई सम्मान समेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार