Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

माओवादीको स्थायी कमिटी बैठक जारी, यस्ता छन् बैठकका एजेण्डा


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ ।

आसन्न राष्ट्रिय सम्मेलन, संगठन सुदृढीकरण लगायतका विषयमा छलफल गर्न बैठक बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । साथै सरकारका कामकारबाहीका बारेमा पनि बैठकमा छलफल हुने भएको छ ।

एमालेसँग एकीकरणपछि निष्क्रिय रहेको पार्टी संरचनालाई ब्युँताउँदै संगठन सुदृढीकरण गर्ने क्रममा माओवादी छ । सोही क्रममा माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ ।


प्रतिक्रिया दिनुहोस !
विचार