Logo
११ कार्तिक २०८३, बुधबार
|  Wed Oct 28 2026

काठमाडौं आउँदै गरेको बस किस्पाङमा दुर्घटना, ३० जना घाइते


नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिए ।

भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ ।

घाइतेमध्ये केही गम्भीर रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार