विगत एक दशक देखी संयुक्त राज्य अमेरिकाको ओमाहा शहरको नेब्रास्कामा स्थायी बसोबास गर्दै आएक भुटानी समाज नेब्रास्काका वर्तमान अध्यक्ष, बुद्दिष्ट समाज नेब्रास्काका फर्मर प्रेसिडेन्ट, ग्लोबल भुट्नीज साहित्यीक संगठनको फर्मर रिडर तथा आइमार्ट होलसेलका निर्देशक भीम गुरुङले काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात बस्न बाध्य भएका शयौं दुःखी गरीब, अशक्त एवम् असहाय भएका व्यक्तिहरुलाई माघे सक्रान्तिका दिन राती घ्यू, चाकु, लड्डु र तरुल खवाएका छन् ।
भोजन दान, महाकल्याण’ सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गेर्ने समाजसेवी गुरुङ समाजको उदाहरणीय पात्र हुनुहुन्छ । समाजसेवी गुरुङले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, खोला किनारा, सडक पेटी लगायत पुल मूनी रात काट्न बाध्य भएका व्यक्तिहरुलाई माघे सक्रान्तिका दिन राती घ्यू, चाकु, लड्डु र तरुल खुवाएका छन् ।
मनकारी, मृदुभाषी, सहयोगी एवम् वरिष्ठ समाजसेवी गुरुङ नेपाली भाषी भुटानी मात्र नभएर सबैको लागि प्रेरणाका मुहान हुनुहुन्छ ।
समाजसेवी एवम् बौद्धिक व्यक्तित्व भीम गुरुङ एक कुशल कलाकार पनि हुन् । उनी हरेक विधामा उत्तिकै दख्खल राख्दछन् । गुरुङले विश्वभर रहेका हरेरक मनकारी व्यक्तिहरुदले युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी थालनी गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यलाई साथ सकेको सहयोग र हौसला दिनलाई अनुरोध समेत गरेका छन् ।
नेपालमा कोरोना भाइरसको सुरुवाती चरणदेखी सञ्चालन भएको तातो खाना अभियान निरन्त जारी छ । विविध कारणबस एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए । उक्त कार्य आजका मितिसम्म पनि सञ्चालनमा रहेको छ ।
युवा समाजसेवी घिमिरेले सञ्चालन गरेको पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती एव् स्वच्छीक रुपमा सहयोग पुर्याउँदै आएका छन् ।