Logo
१० भाद्र २०८३, बुधबार
|  Wed Aug 26 2026

हिलोबाट बच्न खड्कुँलो चढेर विवाहमण्डप पुगे बेहुलाबेहुली


भारतको केरलामा पानी र हिलोबाट जोगिन एक जोडी बेहुलाबेहुली खड्कुँलोमा बसेर विवाहमण्डपसम्म पुगेका छन्।बाढीका कारण गाउँ डुबानमा परेपछि उनीहरुले यस्तो उपाय अपनाएका हुन्।

बेहुलाको नाम आकाश र बेहुलीको नाम एश्वर्य रहेको बताइएको छ। केरलाको चेन्नगनुर भन्ने ठाउँका उनीहरुको सोमवार बिहे भएको हो। विवाह गर्नका लागि मन्दिरमा आउने समयमा यसरी पानी परेको थिएन।

तर पानी एकाएक दर्केर परेपछि विवाह मण्डपसम्म जान उनीहरुले खड्कुँलो प्रयोग गरे। त्यही खड्कुँलो प्रयोग गरी उनीहरु फर्केका थिए। विवाहमा निम्तालु पनि थोरै थिए। बेहुलाबेहुली दुबै जना स्वास्थ्यकर्मी रहेको र कोभिड(१९ संक्रमण रहेकाले थोरैलाईमात्र निम्ता दिएको उनीहरुले जनाएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार