Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

महाकालीको बाढीमा फसेकालाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै


अविरल वर्षाका कारण कञ्चनपुरको महाकालीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढीमा फसेका तथा पहिरोमा परेकाको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको छ।

बाढीमा फसेकाको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

‘सुर्खेतबाट हेलिकप्टर बिहानै आउने तयारी थियो। तर प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न सकेको छैन’, उनले भनिन्, ‘महाकालीमा मानिस फसेका छन्। पहाडी भेगबाट पनि त्यस्तो खबर आएको छ। हामी उद्धारमा लागेका छौँ।’

लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार