Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन तालिका संशोधन


नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनको तालिका संशोधन गरेको छ। आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सम्मेलनको तालिका हेरफेर गरेको हो। बैठकले पार्टी सदस्यता नवीकरणका लागि कात्तिक २५ सम्म म्याद थप गरेको छ।

टोल सम्मेलन कात्तिक २७ सम्म, वडा सम्मेलन मंसिर ४ सम्म, स्थनीय तह सम्मेलन मंसिर ११ सम्म र प्रदेश सम्मेलन मंसिर २५ सम्म गर्ने गरी तालिका हेरफेर गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए।

यस्तै‚ बैठकले १४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय, ९९ जनाको ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग बनाइएको, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको र १७५ जनाको विशेष समिति बनाइएको पनि प्रवक्ता महराले जानकारी दिए।

माओवादी केन्द्रको अर्को स्थायी कमिटीको बैठक कात्तिक ४ गते बिहीवार बिहान ८ बजे बस्ने प्रवक्ता महराले बताए। बैठकमा आफ्ना मन्त्रीहरुलाई निर्देशन दिन एक कमिटी गठन गर्नेबारे पनि छलफल भएको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार