Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

गोदावरीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो । शुक्रबार बिहान स १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन् ।

उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार