Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

महिलालाई यौन दास बनाउने प्रचलन अन्त्य गर्ने स्पेनी प्रधानमन्त्रीको घोषणा


Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2018-07-18 16:41:03Z | http://piczard.com | http://codecarvings.comÍÏÿmZ¯Îè

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा यौन उद्योग बन्द गर्ने आइतबार बताएका छन्। भ्यालेन्सियामा भएको समाजवादी पार्टीको तीनदिने कांग्रेसको अन्तिम दिन उनले आफ्ना समर्थकमाझ महिलालाई यौन दास बनाउने प्रचलन अन्त्य गर्ने बताएका हुन्।

सन् १९९५ मा स्पेनमा यौन व्यवसायलाई अपराधको श्रेणीबाट हटाइएको थियो। सन् २०१६ मा संयुक्त राष्ट्रसंघले स्पेनको यौन उद्योगमा करिब ४ अर्ब २ करोड अमेरिकी डलर लगानी रहेको अनुमान गरेको थियो। सन् २००९ मा गरिएको सर्वेक्षणअनुसार ३ जना स्पेनी पुरुषमा १ जनाले पैसा तिरेर यौनसम्बन्ध राखेको देखाएको थियो। एउटा प्रतिवेदन सन् २००९ मा प्रकाशित भएको थियो, जसमा यसरी यौनसम्बन्ध राख्ने पुरुषको संख्या ३९ प्रतिशतभन्दा बढी भएको अनुमान गरिएको थियो।

सन् २०११ मा गरिएको अन रिसर्चले थाइल्यान्ड र पोर्टोरिकोपछि स्पेन यौन व्यवसायको तेस्रो ठूलो केन्द्र भएको पत्ता लागेको थियो। स्पेनमा यौनका मामिलामा कुनै नियमकानुन छैन। हाल स्पेनमा लगभग ३ लाख महिला यौनकर्मी रहेको अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार