Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ


श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् । कैलालीको कैलारी गाउँपालिका–७ का ५४ वर्षीय विकले आफ्नै श्रीमती विरमा विकको कुटपिट गरेर हत्या गरेका थिए । तत्कालिन समयमा प्रेमले नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

कर्तव्य ज्यान मुद्दाका विकलाई कैलाली प्रहरीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार