Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

बर्दगोरियामा सडेको अवस्थामा एक जनाको शव फेला


कैलालीको बर्दगोरिया गाउँपालिकामा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । पालिकाको वडा नम्बर २ मा पर्ने बौनियाँ नालामा तैरिँदै गरेको अवस्थामा शव फेला परेको हो ।

शव पालिकाको वडा नम्बर २ का ४१ वर्षीय सुकै चौधरीको रहेको इलाका प्रहरी कार्यालय बौनियाँले जनाएको छ । प्रहरीका अनुसार उनी माघ ३ गतेदेखि बेपत्ता थिए । उनको खोजीका लागि आफन्तले माघ ५ गते बौनियाँ प्रहरीमा निवेदनसमेत दिएका थिए । बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन ठिक नभएको भनेर निवेदन आएको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
विचार