Logo
११ श्रावण २०८३, सोमबार
|  Tue Jul 28 2026

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देशैभर लगातारको वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

बैठक अहिले केहीबोरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा बाढीपहिरोले देशभर पुर्‍याएको क्षतिका विषयमा छलफल केन्द्रित हुने तथा उद्धार, राहत र पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ।

सरकारले सय दिन पार गरेको अवसरमा आजको बैठकले बाढीपहिरो प्रभावितहरुका लागि केही महत्त्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार