Logo
१० श्रावण २०८३, आईतवार
|  Mon Jul 27 2026

एमालेको निर्देशनप्रति अष्टलक्ष्मी शाक्य असन्तुष्ट


नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छन्। बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राखेकी छन्।

बुधबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन्।

एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतार गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन्। उनले आफूले पार्टीभित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहोर्‍याइन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार