नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दाबी गरेका छन् । एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् ।
अध्यक्ष ओलीले नेकपा एमालेलाई असफल हुने छुट नभएको बताएका छन् । उनले भने ‘हामी हरेकले आफ्नो काममा सफल हुनैपर्छ,’ उनले भने, ‘असफल हुने कसैलाई पनि छुट छैन। सबैले त्यसै हिसाबले पार्टीमा काम गर्नुपर्छ।’
नेकपा एमालेलाई चाहिएको भनेको सफलता नै रहेको भन्दै सबै नेता कार्यकर्ता आ–आफ्नो ठाउँमा सफल रुपमा योजना बनाएर सक्रियतापूर्वक लाग्नुपर्ने उनले बताए।
सम्बोधनका क्रममा ओलीले अहिलेको सरकार आलोचना र टिप्पणी गर्न पनि लायक नभएको बताए । ‘यो सरकारले कसले चलाएको छ, भित्रकाले चलाएका छन् कि बाहिरकाले थाहा छैन,’ उनले भने। ओलीले एमालेको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै रहेको दाबी गरे ।





