Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

लागुऔषधसहित ५ जना पक्राउ


काठमाडौं, मकवानपुर र कैलालीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२१ दलाचीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट, फेनारगन ७ हजार ३ सय एम्पुल, डाईजेपाम ७ हजार २ सय एम्पुल, नुर्फिन ५ हजार ८ सय एम्पुल र नगद ४ लाख ५ हजार रूपैयाँसहित सोलुखम्बु माप्यदुधकोशी गाउँपालिका–४ घर भएका ३५ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले शेर्पाको डेराकोठा तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय सरोज भोलनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले भोर्लेबाट रातोमाटे हाईवेतर्फ जाँदै गरेको ना.४० प ४१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय सिरु रानासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार