Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

बाढी–पहिरोमा परि ज्यान गुमाउनेको संख्या सय नाघ्यो, कुन जिल्लामा कति क्षति ?


देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परि आज दिउँसोसम्म एक सय एक जनाको ज्यान गएको छ । बाढी, पहिरोमा परि प्रदेश नम्बर १ मा ६० जना, सुदूरपश्चिम प्रदेशमा ३१ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा सात जना र वाग्मती प्रदेशमा एक गरी अहिलेसम्म एक सय एक जनाको ज्यान गएको हो ।

बाढी–पहिरोमा परि प्रदेश १ मा १३ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी ४१ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

साथै प्रदेश १ मा १९ जना, कर्णालीमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४० जना घाइते भएका प्रहरीको विवरण छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, ६ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क छ । बाढी, पहिरोबाट एक सय ३९ पशु चौपाया मरेका छन् । गएको शनिवार रातिदेखिको वर्षाले एक हजार एक सय ७७ घर परिवार विस्थापित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार