Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने कर्णाली सरकारको निर्णय


कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुर्घटना बीमाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले दुर्घटना बीमाबाट तत्काल दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले प्रदेशका नागरिकको सामूहिक विपद् दुर्घटना बीमा गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपालीले राहत स्वरुप तत्काल बीमाबाट रकम उपलब्ध गराइने जानकारी दिइन् ।

कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेर चार जना घाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार