Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता कुनै हालतमा पास हुन्छ : प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाखमा अर्ली इलेक्सन गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन्। धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै हुने दाबी गरेका छन्। उनले भने, ‘एमसिसी पास हुन्छ। यसमा संशोधन आवश्यक छैन।

परियोजनाबारे केही झुठा प्रचार गरिएको छ। एमसीसी परियोजना अनुदान हो। यसमा नेपालकै कानून लागू हुन्छ।’ अनुदान परियोजनाका बारेमा अनावश्यक धेरै होहल्ला गरेको देउवाको भनाइ छ। यस्तै, अर्को सन्दर्भमा प्रधानमन्त्री देउवाले बाढी र पहिरो पीडितका लागि अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन बताएका छन्। ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भयो। बाटो, पुल पुलेसा भत्किए। किसानका जमिनहरु बगे। पूर्वाधारहरुमा क्षति भयो। यसका लागि सरकारले दीर्घकालीन योजना बनाएर काम गर्छ।’

नेपाली कांग्रेसको आसन्न महाधिवेशन सर्ने अथवा निर्धारित समयमै हुन्छ कि हुँदैन भन्नेबारे भने प्रधानमन्त्री तथा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको बताएका छन्।‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ। त्यो स्वायत्त समिति हो। उहाँहरूको निर्णय सबैले मान्ने हो। उहाँहरूले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ। सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !
विचार