Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

अभिनेताले बन्दुक पड्काउँदा छायांकारको मृत्यु, निर्देशक घाइते


हलिउड फिल्मको सुटिङ सेटमा अभिनेता एलेक बाल्डविनले सक्कली बन्दुक पड्काउँदा एक जनाको मृत्यु भएको छ ।बिहीबार अमेरिकाको न्यू मेक्सिकोमा फिल्म ‘रस्ट’ छायांकन सेटमा अभिनेता एलेक बाल्डविनले बन्दुक पड्काउँदा छायांकारको मृत्यु भएको छ भने निर्देशक घाइते भएका हुन् ।

सिनेम्याटोग्राफर हाल्याना हचिनको मृत्यु भएको छ भने निर्देशक जोएल सउजा घाइते भएका भेराइटी म्यागजिनले जनाएको छ ।

घाइते निर्देशक सउजालाई स्थानीय सान्टा फे काउन्टीको अस्पताल लगेर उपचार भैरहेको छ । अभिनेता बाल्डविनले सक्कली बन्दुक नै पड्काउँदा यस्तो घटना भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार