Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

दैनिक ५ सय मेगावाट बिजुली खेर गयो, खपत बढाउन सकिएनः कुलमान


नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्‍घाटन समारोहमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन् । उनले प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजनाबाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने बताए।

उनले, अपर अरुण र अरुण चौथो गर्दा करिब १५ सय मेगावाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको बताए। उनले आजको चुनौती भनेकै माग बढाउने र विद्युत् खपत बढाउने रहेको बताउँदै वर्षातको कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताए। उनले अहिले हरेक दिन ४ देखि ५ सय मेगावाट विद्युत् खेर गइरहेको बताए।

 घिसिङले भने, ‘आगामी दिन विद्युत प्राधिकरण र ऊर्जा क्षेत्रको एकदमै उज्वल छ, विद्युत प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने आरोप लगाउँथे, प्राधिकरणले अहिले करिव २ हजार मेगावाटका ठूला आयोजनाहरु अगाडि बढाएको छ, दुई हजार मेगावाटको आयोजना अघि बढ्दै गर्दा अर्को एउटा ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउँदैछ, अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगावाट त अरुण करिडोरमा मात्रै विकास गर्दैर्छौं, कर्मचारीको लगानीमा पनि विकास गर्ने भनेर प्रोजेक्ट अघि बढीरहेको छ, आजको मुख्य च्यालेन्ज भनेकै विद्युत खपत कसरी बढाउने र कसरी माग बढाउने, लोडसेडिङ कसरी अन्त्य गर्ने, भन्ने नै छ। अहिले उहाँहरुको पनि डिमाण्ड कम भएको स्थितिले गर्दा प्रत्येक दिन हामी ४००-५०० मेगावाट स्पिल (खेर) गरिरहेका छौँ।’

प्रवन्ध निर्देशक घिसिङले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने ट्रान्सलेशन लाइन बनाउनेतर्फ प्राधिकरण बढिरहेको बताए। उनले इलेक्ट्रिकल भेकल र कुकिङ लगायतका विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने बताए।


प्रतिक्रिया दिनुहोस !
विचार