Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

एमालेको १० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा


एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका छन् । आजको स्थायी कमिटी बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

रावलले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न अस्वीकार गरेको बताएका छन् । शुक्रबार च्यासलमा बसेको स्थायी कमिटी बैठकमा आफूले कार्यदलले निकालेको निष्कर्ष सुनाउँदा ओलीले कार्यान्वयन गर्न अस्वीकार गरेको उनले बताए ।

‘अन्त्यमा अध्यक्षले १० बुँदेलगायत हामीले निकालेका निष्कर्ष कार्यान्वयन नगर्ने दिशाबाट कुरा राख्नुभएकाले मेरो त्यसमा सहमति हुन सकेन । मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !
विचार