नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली निर्वाचनको सम्भावना नरहेको बताएका छन्। बाढी प्रभावितन क्षेत्र सुदूरपश्चिमको अवलोकनका लागि धनगढी पुगेको पौडेलले पत्रकारसँग कुरा गर्दै अर्ली निर्वाचन सम्भव नरहेको बताएका हुन्।
संसद पुनःस्थापनाको मुद्दा अर्ली चुनावका नभएको बताउँदै उनले अहिलको संसद पूरा कार्यकाल जानुपर्ने बताए। त्यसैगरी पत्रकारको जिज्ञासाको जवाफ दिँदै उनले कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने बताए। मंसिरपछि गर्दा निर्वाचन आयोगले नमान्ने भएकाले महाधिवेशन तोकिएकै मितिमा हुने उनको भनाइ थियो।
यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सुदुरपश्चिममै आयोजित कार्यक्रममा अर्ली निर्वाचनबारे सत्ता गठबन्धनका दलहरुसँग छलफल गर्ने बताएका थिए।




