Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

काष्ठ व्यवसायी संघ काठमाण्डौको अध्यक्षमा रोशन श्रेष्ठ


काठ व्यवसायसंग सम्वन्धि व्यवसायीहरुको छाता संगठन ‘काष्ठ व्यवसायी संघ’ काठमाण्डौको अध्यक्षमा लक्ष्मीप्रसाद श्रेष्ठ (रोशन) निर्वाचित भएका छन् । उग्रचण्डी नाला समाजका उपाध्यक्ष श्रेष्ठ ‘रिम्स काठ उद्योग’का सञ्चालक हुन् ।

संघको बुधबार सम्पन्न १२ औं साधारण सभा तथा तेस्रो महाधिवेशनले अध्यक्ष श्रेष्ठको अध्यक्षतमा आगामी तीन वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा कुश थापा र द्धित्तिय उपाध्यक्षमा शारदा वस्ती, सचिवमा पुस्कर ढुंगाना, सहसचिवमा लवाङ्ग लामा, कोषाध्यक्षमा सविर अहमद तथा कार्यसमितिका सदस्यहरुमा छोटेलाल पटेल, दिपक पोखरेल र राजु लामा निर्वाचित भएका छन् ।

वन पैदावर उद्योग संघका कार्यवाहक अध्यक्ष दिनेश राज रेग्मीको प्रमुख आतिथ्यतामा १२ औं साधारण सभा तथा तेस्रो महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार