Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

विश्व हिन्दु महासंघको निर्वाचन महाधिवेशन गराउने वातावरण बनाउन अपिल


विश्व हिन्दु महासंघको निर्वाचन महाधिवेशन गर्ने वातावरण बनाउन अपिल गरिएको छ । महासंघका निवर्तमान अध्यक्ष चक्रबन्धु अर्यालसहितले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघको निर्वाचन महाधिवेशन गरेर नेतृत्व चयन गर्ने वातावरण बनाउन अपिल गरेका हुन् ।

१० औं महाधिवेशनको स्थगित निर्वाचनलाई पूर्णता दिई अध्यक्षको चयन गरेर अघि बढ्नुको विकल्प नरहेको भन्दै उनीहरुले निर्वाचन महाधिवेशन बोलाउने र अध्यक्ष चयन गर्ने वातावरण बनाउन सम्बन्धित पक्षसँग माग गरे ।

यथाशिघ्र निर्वाचन महाधिवेशन बोलाउन न्यायालय लगायत सम्बन्धित निकाय एवं पक्षले आदेश, निर्देश एवं साथ सहयोग र सुझाव गरुन् भन्ने अपेक्षा गर्दछौं,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसपटक कपट नियतवश निर्वाचन महाधिवेशन रोक्न भूमिका निर्वाह गर्ने तत्वहरुप्रति खेदप्रकट गर्दै, देश विदेशबाट पाल्नुु भएका मतदाता तथा प्रतिनिधिहरूलाई पर्न गएको दुःख कष्टप्रति विश्व हिन्दु महासंघ क्षमा याचना गर्दछ ।’
टीकाकुमारी भण्डारी (अस्मिता ) सहितले निर्वाचन महाधिवेशन रोक्न खोजेको र विधान र निर्णयविपरीत भण्डारीले आफूलाई कार्यबाहक अध्यक्ष घोषणा गरेको अर्याल समूहको आरोप छ ।
महासंघको १० औं महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनको विषय न्यायालयसम्म पुगेको छ ।

‘ तर, यसको किनारा चाँडै लगाएर चाँडोभन्दा चाँडो महासंघको निर्वाचन महाधिवेशन गरेर नेतृत्व प्रदान गर्नुपर्ने अर्याल समूहको माग छ ।


प्रतिक्रिया दिनुहोस !
विचार