Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

माओवादीका सयौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउन केपी ओली आज झापा जाँदै


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि दुईदिन झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । एमालेको वडा अधिवेशन सम्पन्न भएको भोलिपल्टै ओली गृहजिल्ला प्रस्थान गर्न लागेका हुन् ।

उनी बिहान ११ बजे घरमा पुगेर बुबालाई भेट गर्नेछन् भने त्यसपछि झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् । उनले बेलुका मेची क्राउन होटलमा अगुवा कार्यकर्तासँग भेट गर्नेछन् भने आज सोही ठाउँमै बस्नेछन् । अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउँदै छन्।

उनी भोलि गौरीगञ्जमा हुने कार्यक्रममा सहभागी हुनेछन् । भोलि नै विराटनगरमा पार्टी प्रवेश कार्यक्रम र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार