कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न सर्वोच्च पुगेका छन् । प्रधानन्यायाधीशलाई भेट्न बारको जम्बो टोली सर्वोच्च अदालतमा पुगेको हो ।
प्रधानन्यायाधीश र बारका प्रतिनिधि बीचमा छलफल शुरु भएको छ । शुक्रबार बारले गोलाप्रथाबाट पेशी सूची तोक्ने समयसीमा सहितको प्रतिबद्धता जनाउन सर्वोच्च अदालतलाई १५ दिनको अल्टिमेटम दिएको थियो ।
सो प्रतिवद्धता खोज्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधान न्यायाधीशसँग छलफल शुरु गरेको छ । बार कार्यसमितिको बैठकले गोलाप्रथाबाट पेश तोक्ने प्रतिबद्धता नआए प्रधान न्यायाधीशलाई विश्वास गर्न नसकिने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीशबारे पछिल्लो समय आएका समाचारले न्यायालयको गरिमा घटाएको भन्दै वारले आपत्ति जनाउँदै आएको छ ।








