Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

मंगलबारदेखि गोला प्रथाबाट पेशी तोक्न प्रधानन्यायाधीश राणाको प्रतिवद्धता


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्न राजी भएका छन् । नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा राणाले पर्सी (मंगलबार) देखि गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता जनाएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्व समितिले स्वचालित (अटोमेसन) पद्धतिबाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न दिएको सुझाव लागू गर्न राणा तयार भए ।

गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको, राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेको, कार्यकारीसँग मन्त्रीमासमेत भाग मागेको जस्ता विषयमा प्रधानन्यायाधीश राणा घेरिएकै समयमा बारका पदाधिकारीहरुसँगको भेटमा उनले आफ्नो बचाउ गरे । प्रधानन्यायाधीश जबराले सम्भवतः मंसिरदेखि अटोमेसनमा लैजाने भन्दै पौडेलले तत्काललाई गोलाप्रथामा जाँदा पनि धेरै विषय समाधान हुने उल्लेख गरे । यसै प्रयोजनका लागि प्रधानन्यायाधीश राणा सोमबार फूलकोर्ट बोलाउन पनि तयार भए ।

गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिए राणाले श्रीमती बितेदेखि ससुरालीसँग कुनै साइनो नै रहेको बन्दै बचाउ गरेका थियो । बारका पदाधिकारीहरुसँग राणाले सञ्चारमाध्यममा आएका विषय असत्य भएको भन्दै कमीकमजोरी भए सुधारेर अघि बढ्न म तयार रहेको पनि बताएका थियो । सरकारसँग आफूले कुनै पनि भागबन्डा नगरेको, मन्त्रीको कोटा नमागेको र सुनुवाइलाई प्राथमिकता नदिएको कुरा सत्य नभएको राणाले भेटमा बताएको पौडेलले पत्रकारहरुलाई जानकारी दिए ।

आफूलाई सहयोग गर्न राणाले गरेको आग्रहमा बार पदाधिकारीहरुले भने शुरुदेखि नै गरेको खबरदारीलाई बेवास्ता गर्दा यस्तो अवस्था आएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार