Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

सर्वोच्चका १४ न्यायाधीशले ‘फुलकोर्ट’ बैठक बहिस्कार गर्ने


प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको ‘फूलकोर्ट’ बैठक सर्वोच्चका न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । राणाले सोमबारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठक अन्य न्यायाधीशहरुले बहिष्कार गर्ने भएका हुन् ।

१४ जना न्यायाधीशहरुको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीशकै कारण अदालतको गरिमामा गम्भीर आघात पुगेको भन्दै छलफलका लागि न्यायाधीशहरुले पूर्ण बैठकको माग गरेका थिए ।

स्रोतका अनुसार बारको सहयोग लिएर विषयान्तर गर्न पूर्ण बैठक डाकिएकाले उक्त बैठकमा सहभागी नहुने निर्णय भएको होे । सोमबारको बैठकमा उपस्थित नहुने न्यायाधीशहरूमा दीपक कार्की, मिरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेको बताइएको छ ।

प्रधानन्याधीश राणाले बारका पदाधिकारीहरूसँगको बैठकमा सोमबारका लागि पूर्ण बैठक बोलाउने प्रतिवद्धता गरेसंगै दिउँसो डेढ बजेका लागि बैठक तय गरेका थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार