Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

माधव नेपाल र प्रचण्डले हामीबिना चुनाव जित्न सक्दैनन्ः ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल आगामी निर्वाचन नलड्ने बताएका छन्। अध्यक्ष ओलीले नेपाल समानुपातिकमा बस्ने ठोकुवा गरे। आइतवार गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जितेर देखाउन च्यालेन्ज गरेका छन्।

आफूहरुसँग टाँसिएर प्रचण्डले चुनाव जितेको बताउँदै अध्यक्ष ओलीले भने, ‘प्रचण्डको फूर्ति हामीले बनाइदिएको हो, हामीबिना चुनाव जितेर देखावस त ?’ केही सांसदहरूको दम्भमा मोर्चा बनाएको भन्दै ओलीले सरकार बन्ने तीन महिना लगाउनेलाई आगामी चुनावमा कसैले मत नदिने बताए। नेकपा एमाले देशकै ठूलो पार्टी भएको दाबी गर्दै उनले अरु पार्टीभन्दा नेकपा एमाले एक दिशामा हिँडेको, एउटा गन्तव्य, नीति, कार्यक्रममा लागि योजना तथा लक्ष्य बोकेको पार्टी भएको बताए।

एमाले पार्टी बिग्रिएका तत्त्वहरूलाई थुपारेर अघि बढ्ने पार्टी हो। ‘माधव नेपालबाहेक अरू साथीहरु पार्टीमा फर्किए हुन्छ, भ्रममा नपर्नुहोस्,’ उनले भने, ‘तर माधव नेपालजस्ता अपराधी तत्त्वलाई फेरि एमालेले लिँदैन।’ कार्यक्रममा स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साहलगायतको उपस्थिती थियो। सो कार्यक्रममा माओवादी पार्टी परित्याग गरी झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईलगायत दुई हजार बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार