Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

सिनामंगलको एक घरमा छापा मार्दा ११ जना अफगानीहरू प्रहरी नियन्त्रणमा


राजधानीको सिनामंगलमा प्रहरीले छापा मारेर ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले आज सिनामंगलको एक घरमा छापा मारेर ११ जनालाई नियन्त्रणमा लिएको हो । सुनौली नाका हुँदै केही दिनअघि नेपाल छिरेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एउटा घरमा राखेको बुझिएको छ । उनीहरुलाई अध्यागमन कार्यालयमा बुझाउने तयारी सीआइबीले गरेको छ ।

युएनएचसीआरले नेपाल सरकारलाई थाहा नदिई अफगानीहरुलाई अस्थायी आश्रय दिएर राखेको बुझिएको छ । अफगानिस्तानमा तालिवान शासन सुरु भएपछि भागेर भारत प्रवेश गरेका उनीहरुसँग भारतीय नक्कली आधार कार्ड फेला परेको पनि प्रहरीले जनाएको छ ।

भारतीय नाकाहरुबाट अफगानीहरु नेपाल छिराउने क्रम बढेको सूचना पाएपछि गृह मन्त्रालयले नाकामा कडाई थालेकै बेला राजधानीमै अफगानीहरु फेला परेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार