Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्नेछ ।

सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने बताइएको छ ।

सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाही पनि छलफलको एजेण्डा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार