Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

बानेश्वरकाे व्यस्त सडकमा अकस्मात ठूलाे भ्वाङ (फोटोफिचर)


नयाँबानेश्वरको एक सडक भत्किएर खाल्डो परेको छ । सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो । त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा १५ फिटजतिको गहिरो खाल्डो परेको छ । खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।

त्यहाँ रहेको मंगाल मंगालबाट ढल लिकेज भएपछि सडकभित्रको माटो गलाएर खाल्डो बनेको बताइन्छ । एक्स्काभेटरले खन्दा मंगालसँगै एउटा ढलको पाइप देखिएको छ। त्यो प्रतिनिधिसभा भवनबाट आएको ढलको पाइप हो।

भित्र जतिजति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार