Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

इजलास बहिष्कार गरेका १४ न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्ने


सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने भएका छन्। सोमबार ‘इजलास बहिष्कार’ गरेका उनीहरूको बैठकले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निष्कर्ष निकालेको हो।

उनीहरूले अहिले अदालतमा देखिएको समस्या समाधानका लागि भोलि मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश जबरालाई भेट्ने निर्णय समेत गरेका छन्। उक्त भेटमा राणाको राजीनामा माग्ने समझदारी भएको बैठकमा सहभागी एक न्यायाधीशले बताए। सोमबार प्रधानन्यायाधीश राणाले आफूबाहेका सात इजलास तोकेपनि कुनै पनि न्यायाधीश इजलासमा नबसेर बेग्लै छलफलमा जुटेका थिए।

राणाले न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका थिए। राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार