निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले सोमबार राष्ट्रिय सभाको निर्वाचनका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।
आयोगका अनुसार देउवाले आगामी फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यको मिति छिट्टै तोक्ने बताएका थिए। निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो। स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ मा सकिँदैछ।





