नेपाल बार एशोसिएशन र सर्वोच्च बारले राजीनामा मागेकै दिन चार पूर्व प्रधानन्यायाधीशहरूले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेका छन्।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार विज्ञप्ति जारी गरी जबरालाई बहिर्गमनको बाटो रोज्न सुझाएका हुन्।
‘संविधान बमोजिम अदालतहरू र न्यायिक निकायहरूको न्याय प्रशासन कार्य प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको रहनेमा दुईमत हुने छैन’ विज्ञप्तिमा भनिएको छ, ‘हालको दिनहरूमा वर्तमान प्रधानन्यायाधीशको विभिन्न भूमिकाहरूलाई लिएर अनेकौं चर्चा परिचर्चा, गुनासो र निन्दाहरू सार्वजनिक भएकोबारे हाम्रो ध्यानाकर्षण भएको छ।’
चौतर्फी रुपमा राजीनामा मागिएपछि प्रधानन्यायाधीश राणा आफू निकटका न्यायाधीहहरुसँगको परामर्शमा जुटेका छन् ।





