Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

एमाले छोड्दै प्रभु साह, नेकपा पुनर्गठनको गृहकार्यमा जुटे


नेकपा एमालेका नेता प्रभु साहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्गठनको तयारी गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एकता गर्दै नेकपा गठन गरेको भएपनि सर्वोच्च अदालतको फैसलाले पार्टी एकता ब्युतिएको थियो।

नेकपामा रहँदा केपी ओलीको पक्षमा लागेका नेता साह पार्टी एकता ब्युँतिएपनि माओवादी केन्द्रमा नगएर एमालेमै बसेका थिए। ओलीलाई साथ दिएवापत उनी सहरी विकास मन्त्री बनेका थिए। ओलीसँगै बेसेपनि साहले आफूलाई एमाले भन्न भने रुचाउने गरेका छैनन्। केही दिनमै औपचारिक रुपमा एमाले छोडेको घोषणा गर्ने तयारीमा शाह छन् ।

साहले ओलीको नेतृत्वलाई मान्ने तर नेकपाको निरन्तरता हुनुपर्ने सर्तमा एमालेमै बसेको बताउँदै आएका छन्। एमाले अध्यक्ष ओलीले पुरानै शैलीको एमालेलाई सक्रिय बनाएको भन्दै साहले ८ बुँदे प्रस्ताव अघि सारेका थिए।

अध्यक्ष ओलीले नेकपाकै निरन्तरता एमाले भएको बताउने गरेपनि व्यवहारमा त्यसो हुन नसकेको भन्दै साह असन्तुष्ट छन्। जसका कारण साह नेकपा पुनर्गठनको गृहकार्यमा लागेका हुन्। एमालेमै रहने गरि अध्यक्ष ओलीसँग केही चरणमा वार्ता भएपनि कुरा मिल्न नसकेको साह निकट एक नेताले बताए।


प्रतिक्रिया दिनुहोस !
विचार