Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले भने-‘राजीनामा दिन्नँ, महाभियोग सामना गर्न तयार छु’


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। आज बिहान सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको छलफलमा प्रधानन्यायाधीश राणाले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताएका हुन्। राणाले मन्त्रिमण्डलमा भागबन्डा खोजेको आरोप लागेपछि उनले राजीनामा दिएर निकास दिनुपर्ने, नभए संसदले महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश राणाले महाअभियोगको सामना गर्ने सन्देश दिएका हुन्।

राणाले फैसला विवादित भएका कारण आफूले राजीनामा दिनुपर्ने भए अरू न्यायाधीशका लागि पनि त्यही कुरा लागू हुने बताए। ‘फैसला विवादित भएकाले राजीनामा दिनु पर्ने हो भने अरू न्यायाधीशले गरेका फैसला पनि विवादित भएका छन्। सबैले सामूहिक राजीनामा दिऔं,’ राणाले भने।

संवैधानिक निकायमा भागबण्डा लिने, तीविरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने राणाका कामकारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएकाले उनले निकास दिनु पर्ने न्यायाधीशहरूको धारणा थियो। यो आरोप उनले अस्विकार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार