Logo
१ बैशाख २०८३, बुधबार
|  Wed Apr 15 2026

बढ्न थाल्यो कोरोना संक्रमणदर, चीनमा फेरि लकडाउन


(200401) — LANZHOU, April 1, 2020 (Xinhua) — Passengers prepare to board a train for Guangzhou at Lanzhou West Railway Station in Lanzhou, northwest China’s Gansu Province, April 1, 2020. Train service from Lanzhou to Guangzhou, Shanghai, Wuhan and Urumqi gradually resumed with rigid coronavirus prevention measures. (Xinhua/Chen Bin)

पछिल्लो समयमा चीनमा कोरोना भाइरसको नयाँ स्वरुप डेल्टा भाइरस देखिएको छ । कोरोनाभाइरसको संक्रमण फैलिएपछि चीनको गाङ्सू प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको  सहरमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । सो सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन् ।

‘सबै मानिस आफ्नो निवासभित्रै रहनुपर्ने छ’, अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि नै उत्तरी चीनमा हजारौं मानिसलाई घरभित्रै बस्न भन्दै कडा आदेश जारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार