Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

अब हुने चुनाव मेरालागि अन्तिम हुनेछः प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।

उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने पनि बताए। उनले भने, ‘सायद अबको निर्वाचन मेरोलागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’

सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले बुटबलमा हुने भनिएको १० औं महाधिवेशन एमालेले चितवनमा सारेर आफ्नो महत्व दर्शाइदिएको टिप्पणी गरे।

प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा सत्तारुढ गठबन्धनकै तर्फबाट धारणा सार्वजनिक गरिने बताएका छन्। प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै चर्चा र छलफल नभएको बताए।


प्रतिक्रिया दिनुहोस !
विचार