Logo
४ श्रावण २०८३, सोमबार
|  Tue Jul 21 2026

न्यायाधीशहरूको बहिष्कारका बाबजुद प्रधानन्यायाधीशले तोके संवैधानिक इजलास


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलाससहित संवैधानिक इजलास तोकेका छन्। न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरिरहेका बाबजुद प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका हुन्।

राजनीतिक भागबण्डामा प्रधानन्यायाधीशले भाग खोजेको न्यायालयको सुधारमा प्रधानन्यायाधीश उदासिन देखिएको लगायतका माग राखेर १५ न्यायाधीशले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्। लगातार छलफलमा रहेका १५ न्यायाधीशले इजलास बंक गर्दा न्यायको पर्खाइमा रहेका कयौं नागरिकले न्याय पाउन सकेका छैनन्।

आज प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा पाँचवटा मुद्दा राखेका छन्। यस्तै संवैधानिक इजलासमा एउटा मात्रै मुद्दाको सुनुवाइ राखिएको छ। यस्तै यी दुई बाहेक अन्य ९ वटा बेञ्च तोकेका छन्। यस्तै नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार