Logo
२० भाद्र २०८३, शनिबार
|  Sat Sep 5 2026

फुटबल प्रशिक्षक अल्मुताइरी र एन्फाबीच थप तीन वर्षको सम्झौता


नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप तीन वर्षको नयाँ सम्झौता गरेका छन्। बुधबार अल्मुताइरीले एन्फा अध्यक्षय कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोशिसन (क्युएफए)का पदाधिकारीहरुसँगको भेटमा ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

उनले नेपाल फर्किन सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद दिएका छन्। यस्तै, उनले नेपाली फुटबलका लागि आगामी २ वर्षको योजना बनाएको पनि जानकारी दिएका छन्। ‘हामी हाम्रो लक्ष्य र आगामी २ वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौं। नेपाली फुटबलको भविष्य राम्रो हुनेछ। तर, हामीलाई समय दिनुहोस्,’ उनले भनेका छन्।

उनले नेपाली फुटबल फ्यानहरूलाई आफूप्रति देखाएको सद्भाव र मायाको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सधैं मुटुमा राख्न आग्रह गरेका छन् । उनले नेपाली टीमलार्ई सधैं सहयोग, सद्भाव र माया गर्न आग्रह गर्दै सबैलाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार