Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र गोली चल्यो


मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र बुधबार दिउँसो गोली चलेको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको हो।

यद्यपि, उक्त गोली कसैलाई लागेको छैन। पीएसओ प्रहरी सहायक निरीक्षक (असई) अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले जनाएको छ। उनले बोकेको पेस्तोल मिस ह्याण्डलिङ भएपछि गोली चलेको हो।

‘असईले पेस्तोल प्याक गर्ने क्रममा पड्किएको हो। जानीजानी गरेको होइन,’ एक प्रहरी अधिकृतले भने, ‘गोली कसैलाई लागेको छैन।’


प्रतिक्रिया दिनुहोस !
विचार