नेपाल अहिले पहिचान हराएको मान्छे जस्तो अस्मिता गुमाएको राष्ट्र बनेको छ। दीर्घराज प्रसाई सँधै राजसंस्था, हिन्दु अधिराज्य यथावत रुपमा रहनु पर्छ, सँधै त्यही कुरा भन्छन्, भन्नु होला, तर नेपालमा राजसंस्था तथा संसारको एक मात्र हिन्दु अधिराज्य कायम रहेन भने, यो हिन्दुस्थललाई समाप्त गरेर इसाईहरुले आफ्रनो साम्राज्य स्थापित गर्नेछन् । त्यसैले म देश बाँचोस् भन्ने कुरामा सँधै सशक्त छु ।
पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवतखण्ड नेपालका थुपै स्वतन्त्र हिन्दु राज्यहरु–गोर्खा, नुवाकोट, कीीर्तपुर, कान्तिपुर, भक्तपुर, ललीतपुर, मकवानपुर, पाल्ला, कास्की, बाइसी–चौबिसी जस्ता ५४ भन्दा बढी हिन्दु राज्यहरु एकीकरण गरेर बनेको हिन्दुअधिराज्य हो–नेपाल ।
नेपालको सार्वभौमसत्तालाई सुदृढ राख्न् राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र संतुलन गरेर यहाँका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्वर्धनगर्दै भारत र चीन बीचमा संतुलित मैत्री संवन्धलाई निरन्तरता दिलाउनु हो ।
बितेका १४ बर्षदेखि अहिलेसम्म माओवादी, कांग्रेस, एमालेका नेताहरुले देशलाई भौडीमा हाल्नखोज्ने बाहेक देशको लागि एउटा पनि काम गरेनन् ! नेपालको सार्वभौमसत्तालाई सुदृढ राख्न् राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र संतुलन गरेर यहाँका सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्वर्धनगर्दै भारत र चीन बीचमा संतुलित मैत्री संवन्धलाई निरन्तरता दिलाउनु हो । दुःखको कुरा– २०६३ साल बैशाख ११ मा राजासँग भएको संझौतामा नैं टेकेर दलका नेताहरु हिडेको भए आज देश यसरी वरवाद हुने थिएन । तर यिनीहरुले भारत, अमेरिका र यूरोपीयन् राष्ट्रहरुबाट प्राप्त पैसा खाएर उनीहरुको नैं निर्देशनमा धर्मनिरपेक्ष, गणतन्त्र र जातीय आधारको संघीयताको पक्षमा लागेर देशलाई बिखण्डन गराउने बाटो रोजे ।
जुनदिनदेखि नेपाललाई गणतन्त्र घोषित गरियो त्यहीबेलादेखि नेपाली जनता राजसंस्थाको निरन्तरताको लागि चौतर्फी माग गरिरहेका छन् । चीनमा माओत्सेतुङ्गले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेता पनि विदेशीधर्मलाई प्रतिबन्ध लगाएको थियो । नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउनु अधोषित क्रिस्चियनकरण गराउने षडयन्त्र हो । भारतमा कांग्रेस (आईं) की सोनीयाँ गाँधी र उनको सरकारले नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता लागु गराएर नेपालको अस्तित्व नैं समाप्त गर्न लागेको अवस्थामा कांग्रेस (आईं) पत्ताल भासिएकाले भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएकाले भाजपा भाजपाको प्रतिष्ठा र नेपालसँग सुमधुर संवन्ध कायम राख्नको लागि पनि नेपालमा विश्वको एक मात्र हिन्दु अधिराज्य तथा राजसंस्था कायम रहिरहनु पर्छ भन्ने धारणा राख्छ ।
भौगोलिकरुपमा नेपाल एउटा सानो देश हो । उत्तरतर्फ विशाल साम्यवादी राष्ट्र चीन छ, दक्षिणतर्फ खुला सीमाना भएको विशाल राष्ट्र भारत छ । यी दुई देशको बीचमा संतुलित सम्बन्ध कायम राख्नसक्ने संस्था नेपालको राजसंस्था नै हो । उता भारतीय हिन्दुहरु नेपालका राजालाई हिन्दु सम्राटको सम्मान गर्ने र नेपाल हिन्दु अधिराज्य रहँदा गौरवकासाथ सम्मान गर्ने गर्छन् । यस स्थितिमा सबै वास्तविकता बुझेर पनि कांग्रेसका पदलोलुप्त, देशद्रोही गिरिजाप्रसाद कोइराला, एमालेका राष्ट्रघाती सिद्धाच्यूत माधव नेपाल, माओवादीका अपराधी, ज्यानमारा, प्रचण्ड, क्याथोलीक, अत्यन्त घातक हत्यारा बाबुराम भट्टराईहरु भारतीय र अमेरिकी गुप्तचर संस्था, क्रिस्चियनहरुको षड्यन्त्रका शिकार बन्न पुगे ।
तपाईहरु भन्नु होला दीर्घराज प्रसाई सँधै राजसंस्था, राजसंस्था भन्छन् । हिन्दु अधिराज्य यथावत रुपमा रहनु पर्छ, सँधै त्यही कुरा भन्नु हुन्छ भन्नु होला, तर यो सत्य होकि नेपालमा राजसंस्था तथा संसारको एक मात्र हिन्दु अधिराज्य कायम रहेन भने, नेपालमा इसाईहरुको जित हुन्छ र यो हिन्दुस्थललाई समाप्त गरेर इसाईहरुले आफ्रनो साम्राज्य स्थापित गर्नेछन् । त्योबेला यो देशको के अवस्था होला ? के हामी नेपालीहरु सुरक्षित हुन्छौं ? इसाईहरुले आफ्रनो हुँदो गराउन देशभक्त देन्दुवादीहरुलाई खोजी खाजी माछैन्, सारा धर्मस्थल, मंंदिर भत्काउँछन् ।
भारतको गोवामा पोर्गुगीजहरुले साम्राज्य जमाएर के त्यहाँ कुनै हिन्दुहरु सुरक्षित भए ? साराका सारा मारिए, स म्पूर्ण हिन्दु मंदिर भत्काइए, देबी देवता फोरिए । २०४३ सालमा म त्यहाँ पुगेर सबै कुरा हेर्दा म अताल्लिएको थिए । नेपालमा २०६३ सालपछिका सम्पूर्ण क्रियाकलाप, षडयन्त्रहरु तोडिएन भने नेपाल भन्ने देशको नाम निशान रहने छैन । त्यसैले नेपालमा राजसंस्था र हिन्दु अधिराज्य अटल रहनुपर्छ भन्ने मेरो मान्यता हो । हामी सबै नेपालीहरुलाई मेरो जस्तै पीडा छ, सबैलाई देशप्रतिको मायाँ छ नैं । मलाई अत्यत्न पीडा लागेर यसरी लेख्ने गर्छु । स्वर्णभूमि नेपाल बाँचिरहोस् भन्ने मेरो आशय हो।
राजसंस्था त नेपालको सार्वभौमसत्ता, एकता र नेपालीहरुको संरक्षण गर्ने नेपालको साझा संस्था हो भन्ने कुरा बुझेर पनि नेपाल डुबाउन विदेशीहरुको आडमा सक्रिय बने । हो, राजसंस्था नभए पनि नेपाल चल्ने भए नेपालमा राजसंस्थाको माग हुँदैनथ्यो । नेपाल बचाउनको लागि पनि राजसंस्थालाई अपरिहार्य शक्तिको रुपमा मानिन्छ । राजसंस्थाको अभावमा यहाँ यी दुबै देशका अनेकौं दबाब र षड्यन्त्रबाट यहाँको सार्वभौम सत्तामा नैं गुम्नसक्छ ।
नेपाल अधिराज्य सबै नेपालीहरुको साझा हो । त्यसैले नेपाल बचाउनको लागि पनि राजसंस्थालाई अपरिहार्य शक्तिको रुपमा मानिन्छ । नेपाल अरु देश जस्तो होइन ! राजसंस्थाको अभावमा यहाँ यी दुबै देशका अनेकौं दबाब र षड्यन्त्रबाट यहाँको सार्वभौम सत्तामा नैं गुम्नसक्छ ! अतः हिन्दु अधिराज्यलाई यथावत राखेर श्री ५ ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारमा राजसिंहसानमा आरोहण गराई निकाशको बिन्दुमा पुग्नुपर्छ !





