Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

को बन्ला धितोपत्र बोर्डको अध्यक्ष ?


नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रकृया अघि बढेको छ । सरकारले बोर्डको अध्यक्षका लागि यही कार्तिक २५ गतेभित्र आवेदन दिन आह्वान गरेको हो ।
धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्नेछ बताइएको छ । यसका साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीन वर्ष पुरा भइ साठी वर्ष उमेर ननाघेको हुनुपर्ने बिहीबार प्रकाशित सूचनामा लेखिएको छ ।
सरकारले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि अहिले सो पद खाली छ ।


प्रतिक्रिया दिनुहोस !
विचार