युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुले भरोसा गर्न लायक मन्त्रालय बनाउने बताएका छन् ।
नवनियक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई बधाइ तथा स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गहतराजले खेलाडीहरुले गौरव गर्न लायक मन्त्रालय बनाउन लागि पर्ने बताएका हुन् । उनले काममा राजनीति नभइ चुनावमा राजनीति गर्नुपर्ने बताए । काम नलाग्ने ऐन परिवर्तन गर्न आफूले नै नेतृत्व गर्ने उनको भनाइ थियो । मन्त्री गहतराजले सरोकारवालासंग छलफल गर्दै नीयमावली तत्काल निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।








